काठमाडौँ – भदौ २७ गते सरकारले संसद्मा दर्ता गरेको ‘शिक्षा विधेयक २०८०’ प्रति असन्तुष्टि जनाउँदै शिक्षकहरुले संविधान दिवसको अवसर पारेर बुधबारदेखि काठमाडौँ केन्द्रित आन्दोलन थालेका छन्। विधेयकप्रति शिक्षकहरुले बुधबार र बिहीबार माइतिघर मण्डलादेखि बानेश्वरसम्मको सडकमा प्रर्दशन गरे। आन्दोलनको आयोजक राष्ट्रिय शिक्षक महासंघ सरकारसँग औपचारिक/अनौपचारिक संवादमा रहे पनि माग पूरा नभएसम्म राजधानीको सडक नछाड्ने बताइरहेका छन्। […]