हेड एन्ड नेक क्यान्सरका बिरामी बढ्दै

काठमाडौं, नेस । टाउकोमा मस्तिष्कबाहेकका नाक, कान, घाँटीमा हुने ‘हेड एन्ड नेक’ क्यान्सर रोगले नेपाली समाजमा डरलाग्दो जरो गाडिसकेको भन्दै क्यान्सर विशेषज्ञहरूले सुर्तीजन्य पदार्थको प्रयोगलाई त्याग्न सुझाव दिएका छन् । नेपाल क्यान्सर हस्पिटल एन्ड रिसर्च सेन्टर, नेपाल क्यान्सर सपोर्ट ग्रुप र उपचारका लागि सहयोगी हातहरू नेपालले मंगलबार संयुक्तरूपमा आयोजना गरेको कार्यक्रममा यस्तो सुझाव दिइएको हो […]