बर्दिया : बर्दिया राष्ट्रिय निकुञ्जको टोलीले आइतबार नै अर्को पाटेबाघ नियन्त्रणमा लिएको छ। निकुञ्जभित्र आइतबार बेलुका गैँडा गणनामा खटिएका हात्तीका माहुतेलाई मार्ने पाटेबाघलाई निकुञ्जको टोलीले नियन्त्रणमा लिएको हो।राष्ट्रिय प्रकृति संरक्षण कोष र बर्दिया राष्ट्रिय निकुञ्जको संयुक्त टोलीले निकुञ्जभित्र पर्ने गैँडा मचान क्षेत्रबाट माहुतेलाई आक्रमण गरेलगत्तै पाटेबाघ नियन्त्रणमा लिएको निकुञ्जका साहायक संरक्षण अधिकृत अशिम कुमार थापाले जानकारी दिए। नियन्त्रणमा लिएको बाघलाई आजै काठ्माण्डौको जावलाखेल चिडिय