लिपपोतका लागि माटोको अभाव

शुक्लाफाँटा नगरपालिका–३ पिपलाडीका सीता चौधरीलाई घर लिपपोत गर्ने निकै हतारो छ । नदी तलाउबाट ल्याइएको माटोले घर लिपपोत गर्नमा उनी व्यस्त छिन् । दसैँका लागि घर चिटिक्क पार्नका लागि लिपपोतमा लागेको उनले बताइन् । “देवी–देवता राख्ने ‘डिहुरार’ देखि पूरै घर लिपपोत गर्नमा लागेको छु”, उनले भनिन्, “अरु कार्यका लागि फुर्सद नै छैन, दशैँ आँगनमा आइपुगे छ, घर लिपपोत नगरे पाहुनाले खिसी गर्ने डर छ, त्यही भएर घर लिपपोत गर्न थालेका छौँ ।”परम्परागतरूपमा थारू समुदा