काठमाडौं । नेकपा माओवादी केन्द्रले कोरोना महामारीविरुद्ध लड्न सर्वदलीय राजनीतिक संयन्त्र बनाउनुपर्ने माग अगाडि सारे पनि सरकारले यसबारे औपचारिक धारणा सार्वजनिक गरेको छैन । तर, परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले महामारी साझा लडाइँ भएको भन्दै यसबारे सोच्न सकिने बताएका छन् । सर्वदलीय संयन्त्र बनाउने माग भइरहेको छ, यसबारे सरकारको धारणा के छ ? रातोपाटीको प्रश्नमा मन्त्री ज्ञवालीले भने, ‘आवश्यकता पुष्टि हुँदा त्यसमा छलफल गर्न सकिन्छ । किनभने, यो साझा लडाइँ हो । किनभने, सबै राजनीत