भारतको संसद भवनमा फैलियो कोरोना, एकैपटक ४ सय जनामा संक्रमण पुष्टि

छिमेकी मुलुक भारतमा पछिल्ला दिनहरूमा कोरोना संक्रमण तीव्र रुपमा फैलिएको छ ।  दिल्ली स्थित संसद भवनमा समेत कोरोना संक्रमण फैलिएको भारतीय सञ्चार एजेन्सीहरूले बताएका छन् ।  संसद भवनका करिब ४ सय कर्मचारी र सुरक्षाकर्मीहरूमा कोरोना संक्रमण पुष्टि भएको बताइएको छ ।  भारतमा पछिल्लो २४ घन्टामा १ लाख ४१ हजार ९८६ जनामा कोरोना भाइरसको संक्रमण भएको छ ।