काठमाडौँ : राष्ट्रिय सुरक्षा परिषद्का राष्ट्रिय सुरक्षा सल्लाहकार शंकरदास वैरागीले अपराधको प्रवृत्ति फरक ढङ्गबाट परिमार्जित भइरहेको वर्तमान अवस्थामा त्यस्ता अपराधको सामना गर्न सोही अनुरूप सुरक्षा निकायलाई तयार पार्नुपर्ने बताएका छन्। नेपाल प्रहरी प्रधान कार्यालयमा आज आयोजित राष्ट्रिय सुरक्षासम्बन्धी कार्यक्रममा उनले प्रहरीको क्षमता अभिवृद्धिका साथै संगठनलाई प्रविधियुक्त बनाउँदै थप सुदृढिकरण गर्दै जानुपर्ने आवश्यकता औँल्याए। उनले सबै सरोकारवाला निकायबीच एकीकृत सूचना स्थापना गरी सुरक्षास