नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी)ले निर्वाचन बहिष्कार गर्ने भएपछि पार्टीबाट विद्रोह गर्दै युवा, विद्यार्थीहरुले संयुक्त समाजवादी मोर्चाको घोषणा गरेका छन् । क्रान्तिकारी माओवादीले आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचन बहिष्कार गर्ने निर्णयमा असन्तुष्टि जनाउँदै पार्टीका युवा तथा विद्यार्थी नेताहरुले सो पार्टी परित्याग गरेका हुन् ।सोमबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गर्दै क्रान्तिकारी माओवादी निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) का पूर्वकेन्द्रीय अध्यक्ष तथा देश