कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्ने गरी स्थगित

काठमाडौं : नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्ने गरी स्थगित भएकाे छ।कांग्रेस प्रवक्ता डा.प्रकाशशरण महतले कार्यसम्पादन समितिको बैठक आइतबार २ बजे पुनः बस्ने गरी स्थगित भएकाे जानकारी दिए। उनले म्याद सकिएका भ्रातृ एवं शुभेच्छुक संस्थाकाे महाधिवेशनबारे पनि आइतबारकाे बैठकले निर्णय लिने बताए।‘आजको बैठकमा भ्रातृ एवं शुभेच्छुक संस्थाको विधान पेस भएको छ। त्यो विधानका आधारमा जे आवश्यक पर्छ आइतबार पुनः बैठक बसेर निर्णय लिनेछौं’, महतले भने। बैठकमा केन्द्रीय सदस्य एनपी