त्रिभुवन विमानस्थलमा बढ्दै उडानको चाप, व्यवस्थापन गर्न विमानस्थललाई निकै हम्मे

सिबी अधिकारी- काठमाडौं : लकडाउनको करिब चार महिनाको अवधिमा पनि मुलुकको एक मात्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा चार्टर्ड, कार्गो र उद्धार उडान गरी दैनिक १६ देखि १८ वटासम्म अन्तर्राष्ट्रिय उडान भएका थिए। लकडाउन र निषेधाज्ञाको झण्डै पाँच महिनापछि अहिले निश्चित मापदण्डसहित सीमित संख्यामा नियमित अन्तर्राष्ट्रिय उडान भइरहेको छ। पीसीआर सहज