एजेन्सी। मिकेल ओयार्जाबलको गोलमा स्पेनले अष्ट्रेलियालाई १-० ले हराउँदै टोकियो ओलम्पिक पुरुष फुटबलमा समूह 'सी'को शीर्ष स्थानमा उक्लिएको छ। स्पेनले दुई खेलमा चार अंक जोडेको छ। समान तीन अंक जोडेको अस्ट्रेलिया र अर्जेन्टिना क्रमशः दोस्रो र तेस्रो स्थानमा छ। समूह 'डी'मा ब्राजिलले आइभोरी कोष्टसँग गोलरहित बराबरी खेल्यो।