विश्व शान्तिका अग्रदुत भगवान् गौतमबुद्धको अस्तुधातु रहेको स्थल रामग्राम स्तूपमा २५६६ औँ बुद्धजयन्ती विविध कार्यक्रमका साथ तीन दिनसम्म मनाइने भएको छ । यही वैशाख ३१ देखि आगामी जेठ २ गतेसम्म बुद्धको योगदानको स्मरण र रामग्रामको प्रवद्र्धन हुने गरी भव्यरुपमा बुद्धजयन्ती मनाउने तयारी गरिएको हो । प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिनअर्थात् यसपटक जेठ २ गते …