वार्षिक २० लाखसम्मको कारोबार वा २ लाखसम्म आय हुने करदातामध्ये ४ लाख ४८ हजार ७ सय ५३ करदाताले १ अर्बभन्दा बढी कर छुट पाएका छन् ।
आर्थिक वर्ष २०७६/७७ मा लाग्ने आयकरमा ७५ प्रतिशत छुटको व्यवस्था गरिएको थियो । जसमध्ये ४ लाख ४८ हजार ७ सय ५३ करदाताले १ अर्ब ५२ करोड ३८ लाख रुपैयाँ कर छुट पाएको शुक्रवार सार्वजनिक आर्थिक सर्वेक्षणले देखाएको छ ।
यस्तै २० लाखदेखि ५० लाख रुपैयाँसम्मको कारोबार भएका कारोबारको आधारमा कर बुझाउने करदातालाई आर्थिक वर्ष २०७६/७७ मा लाग्ने करमा ५० प्रतिशत आयकर छुटको व्यवस्था गरेको थियो । जस...