सर्लाही । वसन्तु ऋतुको आगमनसँगै श्रीपञ्चमीदेखि फागु पूर्णिमासम्म तराईमा गाइने जोगिरा गीत लोप हुने अवस्थामा पुगेको छ । होली आउनुभन्दा एक हप्ता अघिबाट भित्री मधेसका ग्रामीण बस्तीहरुमा प्रशस्तै सुनिने जोगिरा गीत पछिल्लो समय हराउँदै जान थालेकोमा बुढापाकाहरुले चिन्ता व्यक्त गर्न थालेका छन् । होली पर्वमा तराईका बस्तीमा गवैया (गायक) हरुले ढोलक, मृदङ्ग, झ्याली, हारमुनियम जस्ता […]