ढोरपाटन (बागलुङ) – गलकोटको नरेठाँटी बजारभन्दा केहीमाथि रहेको तोरीखोला गाउँ, बाक्लो मगर बस्ती। ढुङ्गा, माटो र काठबाट बनेका मौलिक घर। रातोमाटो र सेतो कमेरोले रङ्गिएका घर निकै आकर्षक देखिन्छन्। वर्षौं पुराना घर अहिले पनि बलिया छन्। परम्परागत रुपमा बनेका मौलिक घर पछिल्लो समय आधुनिकताले गर्दा विस्थापित हुने जोखिम बढेको छ। घरको आँगनमै आएको विकासले स्थानीयलाई […]