बेलायती प्रधानमन्त्री बोरिस जोनसनले विश्वासको मत पाएका छन् । आफ्नै दलभित्र भएको विश्वासको मत परीक्षणमा उनले बहुमत आफ्नो पक्षमा पार्न सफल भएका हुन् । कञ्जरभेटिभका ३ सय ५९ जना सांसदमध्ये उनको पक्षमा २ सय ११ जना सांसदले मतदान गरेका थिए भने विपक्षमा १ सय ४८ जना सांसदले मतदान गरेका थिए। उनलाई विश्वासको मत जित्नका लागि १ सय ८० मत आवश्यक हुन्छ । आफ्नो पार्टी कन्जरभेटिभका ५४ जना सांसदले माग गरेपछि जोनसनले विश्वासको मत लिएका हुन् । जोनसनविरुद्ध अविश्वास जनाउन कम्तीमा ५४ जना