तारा एयरको जहाज दुर्घटनाको खबरले मर्माहत बनाएको छ : ओली

नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले तारा एयरको जहाज दुर्घटनाको खबरले आफूलाई मर्माहत बनाएको बताएका छन् । ‘पोखराबाट जोमसोमका लागि १९ जना यात्रु लिएर उडेको तारा एयरको ९ एएनईटी विमान मुस्ताङको थसाङमा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको खबरले अत्यन्त मर्माहत बनाएको छ,’ ओलीले सामाजिक सञ्जाल ट्वीटर मार्फत भनेका छन् । तारा एयरको जहाज आइतबार विहान पोखराबाट जोमसोम जाने क्रममा सम्पर्क विहिन बनेको थियो । जहाज आज विहान दुर्घटनाग्रस्त अवस्थामा फेला परेको थियो । द