काठमाडौँ: स्थानीय तह तेस्रौ चरणमा निर्वाचन भएका १३६ स्थानीय तहमध्ये १२९ स्थानीय तहको औपचारिक मतपरिणाम आएको छ।
अब ७ स्थानीय तहको मतपरिणाम आउन बाँकी छ। परिणाम आउन बाँकी रहेकामध्ये तीन स्थानमा संघीय समाजवादी फोरमले अग्रता लिएको छ। कांग्रेस र एमालेले दुई/दुई स्थानमा अघि छन्।
संघीय समाजवादी फोरमको अग्रता
पर्सा
सप्तरीको राजविराज बाहेक १२ स्थानीय तहको अन्तिम मतपरिणाम आउन बाँकी छ। मतगणना जारी रहेका स्थानीय तहको प्रमुखमा सबैभन्दा धेरै स्थानमा संघीय समाजवादी फोरम अगाडि देखिएको छ। अहिलेसम्म फोरमले पाँच स्थानमा अग्रता लिइरहेको छ। तिरहुत गाँउपालिका, बोदेबरसाइन नगरपालिका, महादेवा गाँउपालिका, वालन–विहुल गाँउपालिका र हनुमाननगर कङ्कालिनी नगरपालिकामा फोरमको अग्रता छ। नेपाली कांग्रेसले कृष्णसावरन, कञ्चनरुप, खडक नगरपालिकाको मेयर…