कैलालीको सेती प्रादेशिक अस्थायी कोरोना अस्पतालमा गरिएको कोरोना परीक्षणमा थप २३ जना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ९७ नमुना परीक्षण गर्दा २३ जनामा संक्रमण पुष्टि भएको हो । ७४ नमुनामा भने रिपोर्ट नेगेटिभ आएको अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले जानकारी दिए ।हाल अस्पतालमा २८ जनाको उपचार भइरहेको उनले बताए । अस्पतालका अनुसार हालसम्म भर्ना भएका १ हजार चार सय २४ बिरामी मध्ये १ हजार २ सय ११ जना निको भएर घर गइसकेका छन् । यस्तै कोरोनाका कारण हाल सम्म १ सय ८५ जनाको म