राजिव गान्धी हत्याका ६ आरोपी ३१ वर्षपछि रिहा

काठमाडौं : भारतका पूर्वप्रधानमन्त्री राजीव गान्धी हत्याकाण्डका ६ जना दोषी ३१ वर्षको जेल सजायपछि रिहा भएका छन्।भारतको सर्वोच्च अदालतले रिहा गर्न आदेश दिएको एक दिनपछि तीन अभियुक्तहरू नलिनी श्रीहरन, उनका पति मुरुगन र सन्थान रिहा भएका हुन्। उनीहरुलाई तामिलनाडुको भेल्लोर जेलबाट रिहा गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। रिहा हुनुअघि नलिनी शनिबार बिहान एक स्थानीय प्रहरी चौकीमा उपस्थित भएकी थिइन्। मे महिनामा सर्वोच्च अदालतले आफ्नो असाधारण शक्तिको प्रयोग गरी सातौं दोषी पेरारिवलनलाई रिह