फर्जी कागजात पेस गरी पौने ३ करोड ऋण प्रवाह भएको घटनामा एक जना पक्राउ
सप्तरीको राजविराजस्थित एनआईसी एसिया बैंकको शाखाबाट फर्जी कागजातका आधारमा २ करोड ८० लाख रुपैयाँ ऋण प्रवाह भएको घटनामा संलग्न रहेको आरोपमा सप्तरी प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ ।
जनकपुरधाम – धनुषामा ३८ लाख रुपैयाँसहित एक जना पक्राउ परेका छन्। नगराइन नगरपालिका– २ बाट स्रोत नखुलेको ३८ लाख ३५ हजार रुपैयाँसहित बिहीबार एक जना पक्राउ परेका हुन्। भारतबाट नेपालतर्फ लुकाई छिपाई ल्याउँदै गर्दा लक्ष्मीनिया गाउँपालिका–१ सिनुरजोडका २३ वर्षीय अमितकुमार यादव पक्राउ परेको सशस्त्र प्रहरीका प्रहरी उपरीक्षक नरेन्द्र सेनले बताए।