मर्निङ वाक होइन, पुस अप गर्नुस् –सशस्त्र प्रहरीको सजायँ

सरकारले घोषणा गरेको लक डाउनलाई उल्लंघन गर्दै बिहीबार विहान मर्निङवाक गर्ने व्यक्तिहरुलाई सशस्त्र प्रहरीले 'पुस अप' गराएर सजायँ दिएको छ । समूह बनाएर मर्निङ वाकमा निस्केका ५० जनालाई पुस अप गराएर सजायँ दिएर अवदेखि घरमै बस्न सचेत गराएर छाडिएको सशस्त्र प्रहरी बल नेपाल नम्बर ३८ गुल्म हेडक्वाटर रुपन्देहीका सशस्त्र प्रहरी नायब उपरीक्षक मानबहादुर शाहीले बताउनुभयो ।