२४ मंसिर, काठमाडौँ । सरकारले यसवर्षको मानवअधिकार पुरस्कार संस्थातर्फ मानवसेवा आश्रमलाई प्रदान गर्ने निर्णय गरेको छ । सरकारले मानवअधिकार विश्वव्यापी घोषणापत्र जारी भएको उपलक्ष्यमा मानवअधिकारको क्षेत्रमा काम गर्ने व्यक्ति र संस्थालाई कदर गर्ने उद्देश्यले मानवअधिकार पुरस्कार तथा अक्षयकोष स्थापना गरी विसं २०७८ देखि मानवअधिकारको सम्मान संरक्षण र सम्वर्द्धनमा योगदान पुर्याउने व्यक्ति र संस्थालाई पुरस्कार दिँदै […]