एलिना, देव र युनिषा ओखलढुंगे प्रतिभा २०७९ घोषित

काठमाडौं : एलिना राई, देव बाहिङ र युनिषा खड्का ओखलढुङ्गाका उत्कृष्ट प्रतिभा छनोट भएका छन्। ओखलढुंगा कला साहित्य समाज काठमाडौंले आयोजना गरेको प्रतिभा खोजी अभियानमा सहभागी ११७ जनालाई पछि पार्दै  गायनतर्फ मानेभञ्ज्याङ गाउँपालिकाकी एलिना राई प्रथम भएकी हुन्। त्यसैगरी साहित्यतर्फ सिद्धिचरणका देव बाहिङ र नृत्यतर्फ खिजीदेम्बाका युनिषा खड्का उत्कृष्ट ठहरिएका छन्। उत्कृष्ट हुने तीनैजनाले ओखलढुंगा प्रतिभा अवार्ड २०७९ सहित नगद ३० हजार, प्रमाणपत्र प्राप्त गरेका छन्।ग्रामीण क्षेत्रमा लुकेर रहे