एमाले बागमती प्रदेश कमिटी सदस्य घिमिरे अर्धचेत अवस्थामा भेटिए

१८ वैशाख, काठमाडौं । नेकपा एमालेका बागमती प्रदेश कमिटी सदस्य नारायण घिमिरे काठमाडौंको एक होटलमा अर्धचेत अवस्थामा भेटिएका छन् । जमलको होटल कैलाशमा विष खाएको अवस्थामा फेला परेपछि उनलाई प्रहरीले उद्दार गरेर वीर अस्पताल भर्ना गराएको जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी सीताराम रिजालले अनलाइनखबरलाई बताए । रिजालका अनुसार उनी शनिबारदेखि कैलाश होटलमा बस्दै आएको पाइएको […]