काठमाण्डाै – सर्वोच्च अदालतले रवि लामिछानेको नागरिकता अवैध ठहर गर्दै सांसद पद खारेज गरिदिएपछि चितवनको क्षेत्र नम्बर २ मा उपचुनाव हुने भएको छ । रवि लामिछाने निर्वाचित भएको चितवन–२ मा अदालतको फैसलापछि सांसद पद रिक्त रहेको छ । अब निर्वाचन आयोगले उपचुनाव गराउनेछ ।
चितवन–२ मा चुनाव कहिले हुन्छ भन्ने चौतर्फी चासो बढेको छ । निर्वाचन आयोगले भने उपचुनावको बारेमा कुनै प्रक्रिया थालेको छैन । किनकि आयोगलाई चितवन–२ मा सांसद पद रिक्त रहेको लिखित जानकारी प्राप्त भएको छैन ।
‘...