नारायणगढ मुग्लिन सडकमा दैनिक ४ घण्टा गाडी रोकिने

चितवन – नारायणगढ मुग्लिन सडक खण्डमा दैनिक चार घण्टा गाडी आवागमन रोकिने भएको छ । सडक खण्डमा पर्ने पुल निर्माणका लागि गाडी रोक्न लागिएको हो । जिल्ला प्रशासन कार्यालय चितवनमा आज (मङ्गलवार) सम्पन्न सरोकारवालाको बैठकले पुस ५ गतेदेखि एक महिनाका लागि सडक रोकेर काम गर्ने निर्णय गरेको छ । सडक बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म रोकिने छ ।भौगोलिकरूपमा कठिन ठाउँमा रहेका सिमलताल, कालीखोला, तुईन खोला र चिसेन्जी खोला पुल निर्माणका लागि पहाड काट्ने लगायतका कामका लागि गाडी आवागमन रोक्न लागिएको हो ।प्रमुख जिल्ला अधिकारी अश्मान ...