रोयल इन्फिल्डका चारथरीका नयाँ रुप आउँदै

एजेन्सी। भारत, नेपाललगायतका मुलुकमा लोकप्रिय मोटरसाइकल रोयल इन्फिल्डले चारथरीका नयाँ मोडल बजारमा ल्याउने भएको छ। कम्पनीले आफ्नो ३५०सीसी र ६५०सीसीका मोटरसाइकलको रेन्ज बढाउने तयारी गरेको हो। यसले परीक्षणमा लगिसकेको छ, न्यू जेनेरेसन क्लासिक ३५० मोटरसाइकललाई। अर्को नयाँ रुप रहेको छ, रोयल इन्फिल्ड ६५०। यसमा निकै परिमार्जन गरिएको कम्पनीको भनाइ छ। अर्को सटगन ६५० र हन्टर ३५० रहेको छ।