मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान जारी गरेको छ । महाशाखाले आज देशमा पश्चिमी न्यून चापीय प्रणाली, देशको दक्षिण भूभाग नजिक विकसित भएको न्यून चापीय क्षेत्र तथा बंगालको खाडीको जल वाष्प युक्त हावाको प्रभाव रहेको जानकारी दिएको छ । महाशाखाका अनुसार हाल देशको कर्णाली प्रदेश, गण्डकी प्रदेश र प्रदेश नं १ मा सामान्य बदली रहेको र बाँकी भूभागमा मौसम सामान्यतया सफा देखि आंशिक बदली रहेको छ।यता, गण्डकी प्रदेश र प्रदेश नं १ का केही स्थानहरुमा साथै बागमती प्रदेशका थोरै स्थानहरुमा मे