काठमाडौँ : धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज (मंगलवार) पनि उच्च अंकले बढेको छ। नेप्से परिसूचक आज २ हजार १ सय विन्दुभन्दा माथि पुगेको छ।नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ४५ दशमलव ९८ विन्दुले बढेर २ हजार १०६ मा पुगेको हो।ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ७ दशमलव शून्य ५ अङ्कले बढेर ३९७ दशमलव ६९ मा पुगेको छ।आज कूल १ करोड ६४ लाख ५७ हजार १३८ कित्ता शेयर ५ अर्ब ९८ करोड ४६ लाख ९९ हजार १७५ रुपैयाँमा खरिद बिक्री भएको छ।नेप्सेका अनुसार कारोबारका आधारमा शि