काठमाडौं : कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले मन्त्रिपरिषद् भाग खोजेको समाचारमा कुनै सत्यता नभएको दाबी गरेका छन्। प्रतिनिधिसभाको शुक्रबारको बैठकमा नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालको प्रश्नमा जवाफ दिँदै मन्त्री कार्कीले भने, ‘प्रधानन्यायाधीश मन्त्रिपरिषद्मा भाग खोजेको कुरामा कुनै सत्यता छैन, त्यसमा कुनै भ्रममा नपर्नु होस्।’प्रधानन्यायाधीश राणाले प्रधानमन्त्री शेरबहादुर देउवा नेत