काठमाडौँ- पर्यटनमन्त्री जीवनराम श्रेष्ठलाई दुर्व्यवहार गरेको आरोपमा हिरासतमा पुगेका भिएसएफका सुरक्षागार्ड शेरजंग गुरुङलाई हिरासतमुक्त गर्न गृहमन्त्रीले निर्देशन दिएका छन् । गृहमन्त्री खाँणले सोमबार काठमाडौँका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजाललाई प्रक्रिया पुर्याएर गुरुङलाई रिहा गर्न निर्देशन दिएको गृहमन्त्रीका प्रेस संयोजक मधुसुदन भट्टराईले बताए । क्यानडाको भिसा प्रोसेसिङका लागि हिजो ठमेलस्थित छायाँसेन्टरमा पुगेका मन्त्री जीवनराम श्रेष्ठलाई लाइनमा […]