ग्यापु टिकटक हिरोका टप ५० फाइनलिस्ट सार्वजनिक

भदौ १५, काठमाडौं । नेपाली ई - कमर्स कम्पनी ग्यापु टिकटक हिरोजको उत्कृष्ट ५० जना सहभागीहरूको नाम सार्वजनिक भएको छ । करीब ५ हजार ६००जना सहभागीबाट छानिएर ग्यापुले उत्कृष्ट ५० जनाको नाम सार्वजनिक गरेको हो ।  सहभागीहरूले आफ्नो प्रतिभा प्रस्तुत गर्दै सो अवसरमा धेरै राम्रा भिडियोहरू बनाएका थिए । सबैजनालाई आ- आफ्नै हिसाबको भिडियो बनाउने छूट दिइएको थियो । प्रतियोगितामा अब भने  केही फरक हुने ग्यापुका संस्थापक सीईओ ज्ञानेन्द्र खड्काले  बताए । छानिएका ५० सहभागीहरूबाट अब उत्कृष्ट २५ जना सहभागीहरू छानिनेछन् । उत्कृष्ट २५ मा पुग्नको लागि छानिएका सहभागीहरूले फेरी नयाँ भिडियो बनाएर पठाउनुपर्ने हुन्छ । ग्यापुको आधिकारीक टिकटक अकाउन्ट पोस्ट भएका मध्ये जसको भिडियोमा सबैभन्दा धेरै लाइक र भिउज हुन्छ ऊ नै उत्कृष्ट २५ मा पुग्नेछ ।  यस पश्चात हुने ग्राण्ड फिनालेमा उत्कृष्ट तीन जना सहभागी छानिनेछन् । सो उत्कृष्ट तीन पनि पहिलेकै प्रक्रियाबाट छानिने छन् । अर्थात जसको धेरै लाइक र भिउज आउँछ ऊ नै उत्कृष्ट २५ बाट उत्कृष्ट तीनमा पुग्नेछन् । 

सम्बन्धित सामग्री

ग्यापु टिकटक हिरोका टप ५० फाइनलिस्ट सार्वजनिक

नेपाली ई–कमर्स कम्पनी ग्यापु टिकटक हिरोजको उत्कृष्ट ५० सहभागीहरूको नाम सार्वजनिक भएको छ । करिब ५ हजार ६०० जना सहभागीबाट छानिएर ग्यापुले उत्कृष्ट ५० को नाम सार्वजनिक गरेको हो ।सहभागीहरूले आफ्नो प्रतिभा प्रस्तुत गर्दै यस अवसरमा विभिन्न भिडियोहरू बनाएका थिए । सबैजनाले आ–आफ्नै हिसाबको भिडियो बनाउने छुट दिइएको थियो । अब भने यस प्रतियोगितामा केही […]