महिला हिंसाविरुद्ध कचहरी नाटक ‘अभीप्सा’ मञ्चन हुने

काठमाडौं : महिला अब कमजोर छैनन् भनेर समाजलाई देखाउन लैङ्गिक हिंसाविरुद्ध १६ दिवसीय अभियानमा कचहरी नाटक हुने भएको छ। ‘दृश्य सादृश्य’ को प्रस्तुतिमा तयार पारिएको ‘अभीप्सा’ नाम रहेको नाटकमा सालिक भण्डारीको लेखन र सरस्वती अधिकारीको निर्देशन रहेको छ।काठमाडौँका विभिन्न विद्यालयमा देखाइने नाटकले महिला भएकै आधारमा महिलामाथि हुने विभेदको कथा बोल्नेछ। यही १२ गतेबाट हुने नाटक बूढानीलकण्ठ नगरपालिकाअन्तर्गतका विभिन्न ठाउँहरूमा देखाइनेछ। नाटकले हाम्रो समाज, गाउँ, ठा