जितपछि मार्कोस आमाको घर जादाँको भिडियोमा देखियो ‘हराएको’ पिकासोको पेन्टिङ

एजेन्सी । फर्डिनान्ड ‘बोङबोङ’ मार्कोस जुनियर जितपछि उनको आमाको घर जादाँ एक रहस्यमाथि पर्दा खुलेकोजस्तो देखिएको छ। बोङबोङकी आमा इमेल्डा मार्कोसको घरभित्रको दृश्यमा पिकोसाको एक पेन्टिङ झुलुक्क देखिन्छ। इमेल्डा र मार्कोसको भेटघाटको तस्बिर तथा भिडियो मार्कोस परिवार आफैले जारी गरेको थियो। इमेल्डा बसेको सोफामाथि पिकासोको चर्चित पेन्टिङ ‘फेम्मे कोच चतुर्थ’ वा त्यसको प्रतिरुप राखिएको देखिन्छ। मार्कोस परिवारले जारी गरेको फुटेजको एक दृश्यमा इमेल्डा बसेको सोफाको भित्त