६० वर्षअघि आजकै दिन भएको थियो अमेरिकी राष्ट्रपति केनेडीको हत्या, को थिए हत्यारा ?

६० वर्षअगाडि आजकै दिन अमेरिकका ३५ औँ राष्ट्रपति जोन एफ केनेडीको हत्या भएको थियो । सन् १९६३ नोभेम्बर २२ का दिन टेक्सस राज्यको डालसमा उनको गोली हानी हत्या गरिएको थियो । राष्ट्रपति केनेडीको हत्या भएको घटनालाई अमेरिकामा २० औँ शताब्दीकै सबैभन्दा सनसनीपूर्ण राजनीतिक घटनाका रुपमा लिने गरिन्छ । उनको हत्या भएको घटनाले त्यसबेला अमेरिकामात्रै नभई […]

सम्बन्धित सामग्री

बाइडेन युरोप पुगी पुटिनलाई दिन खोजेको सन्देश

अमेरिकी राष्ट्रपति जो बाइडेनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनप्रति व्यक्तिगत रूपमै तिखा टिप्पणी गरिरहेका छन् । बाइडेनले पुटिनलाई एक विशुद्ध ठग, हत्यारा तानाशाह, युद्ध अपराधी, कसाई आदीको संज्ञा दिँदै आएका छन् । उत्तर एटलान्टिक सन्धि संगठन (नेटो) को बैठकमा सहभागी हुन युरोप पुगेका बाइडेनले पुटिनप्रति थप आक्रोश पोखे । नेटोले युक्रेनलाई सैन्य सहायता बढाउनदेखि गठबन्धन देशहरू […]

पहिलो आमनेसामने भेटवार्तामा बाइडेनबाट के चाहन्छन् पुटिन ?

बीबीसी । जुन १६ मा हुने जेनेभा सम्मेलनमा रुसका राष्ट्रपति भ्लादमिर पुटिन र अमेरिकी राष्ट्रपति पहिलोपटक आमनेसामने बैठक बस्दैछन् जुन साधारण भेटवार्ता हुनेछैन । किनकी केही समय अगाडि मात्र रुसले अमेरिकालाई आफूहरुसँग मैत्रिपूर्ण सम्बन्ध नभएका देशको सूचीमा राखेको छ भने यता बाइडेनले सार्वजनिक रुपमै एक अन्तर्वार्तामा पुटिनलाई ‘हत्यारा’ भनेर उल्लेख...

अमेरिकी राष्ट्रपति बाइडेनले रुसी समकक्षी पुटिनलाई ‘हत्यारा’ भने

एजेन्सी। अनुमान गर्नुस् त कुनै एक देशको राष्ट्रपतिले अर्को देशको राष्ट्रपतिलाई ‘हत्यारा’ भन्दा कस्तो प्रतिक्रिया आउला? रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई अमेरिकी समकक्षी जो बाइडेनले ‘हत्यारा’ भन्दा पुटिनले निकै हल्का रुपमा लिए। उनले निश्चिन्त भावमा ‘यस्तो आरोप त मलाई लागिरहन्छ’ भने। एक अन्तर्वार्तामा पुटिनले भने, ‘‘ममाथि थुप्रै पटक हमला भयो, अब यो आदत भइसकेको छ। यसले मलाई केही फरक पार्दैन।’’

बाइडेनले पुटिनलाई 'हत्यारा' भने पछि रुसी राजदूत स्वदेश फिर्ता

मस्को। संयुक्त राज्य अमेरिकाका लागि रुसका राजदूत आइतबार मस्को फर्किएका छन्। संयुक्त राज्य अमेरिकाका राष्ट्रपति जो बाइडेनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनमाथि गरेको टिप्पणीलाई लिएर दुई देशबीच उत्पन्न तनाबबीच रुसी राजदूत फिर्ता भएका हुन्। रुसी राष्ट्रपति पुटिनले आफ्ना अमेरिकामा रहेका राजदूतसँग परामर्श गर्न भन्दै उनलाई फिर्ता बोलाएका हुन्। अमेरिकी राष्ट्रपति बाइडेनले अघिल्लो साता एक अमेरिकी टेलिभिजनलाई दिएको अन्तर्वार्तामा पुटिनलाई “हत्यारा” भनेका थिए।

जो बाइडनले ‘हत्यारा’ भनेपछि पुटिनको जवाफ : आफू जस्तै ठान्छौ ?

काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई ‘हत्यारा’ भनेपछि दुई देशबीच विवाद चर्किएको छ । पुटिनले अमेरिकी समकक्षी बाइडनलाई ‘आफू जस्तै ठानेको’ भन्दै सामुन्नेमा कुरा गर्न चेतावनी दिएका छन् । रुसी टेलिभिजनमा बोल्दै पुटिनले आफूसँग खुला रूपमा कुरा गर्न चेतावनी दिँदै ‘त्यस्तो जान्नका लागि आफू त्यस्तै हुनुपर्छ’ भनेका छन् । पुटिनले आफ्ना सुरक्षा निकायहरूले विपक्षी नेता एलेस्की नभाल्नीलाई मार्ने प्रयास गरेको भन्ने आरोपलाई अस्वीकार गरेको बीबीसीले जनाएको छ । बाइडनले एबीसी न्यूजसँगको एउटा अन्तर्वार्तामा सन् २०२० को अमेरिकी निर्वाचनमा रुसले दिएको भनिएको हस्तक्षेपको पुटिनले ‘मूल्य तिर्नुपर्ने’ बताएका थिए । पुटिनले अमेरिकालाई अमेरिकीहरूविरुद्ध नरसंहार गरेको र दोस्रो विश्वयुद्धमा हिरोशिमा र नागासाकीमा आणविक बम खसालेर नागरिकहरूको हत्या गरेको आरोप लगाए । त्यसअघि नै पुटिनका प्रवक्ता दिमित्री पेस्कोभले ‘त्यस्ता आरोपहरूको प्रमाण नभएको र त्यसले दुई देशबीचको सम्बन्धमा थप क्षति पुर्‍याउने’ बताएका थिए। बाइडेनको टिप्पणीलाई रुसका सरकारी सञ्चारमाध्यमहरूले आक्रोशित भएर अमेरिकी राष्ट्रपतिले पराकाष्ठा नाघेको टिप्पणी गरेका छन् भने विश्लेषकहरूले त्यसलाई ‘अपमान’ मानेका छन्। रुसले अमेरिकी चुनावी अभियानलाई कमजोर पार्ने प्रयास गरेको निष्कर्ष निकालेको एउटा अमेरिकी गुप्तचर प्रतिवेदनबारे बाइडनले एबीसीको अन्तर्वार्तामा टिप्पणी गरेका थिए ।