क्युभिसीको ढिलासुस्तीले कतार जाने झन् तनावमा, ऋणमाथि ऋण थपिँदै

काठमाडौ : आइतबार दिउँसो १२ बजे कतार भिसा सेन्टर (क्युभिसी) को कार्यालय चक्रपथ पुग्दा २५ वर्षीय रेश्मा तामाङ लाइन बसिरहेकी थिइन्। रोजगारीको खोजीमा कतार जाने तयारीमा रहेकी रेश्मा आइतबार पाँचौ पटक स्वास्थ्य परीक्षण अर्थात् मेडिकल गर्न चक्रपथ आएकी हुन्। रौतहट घर भएकी रेश्मालाई क्युभिसीले वैदेशिक रोजगारीमा कतार जान ३ महिनादेखि अल्मल्याउँदै आएको छ। पहिलो पटक गत वैशाखमा हातमा पासपोर्ट बोकेर स्वास्थ्य परीक्षणका लागि काठमाडौं आएकी तामाङ अहिले पनि स्वास्थ्य परीक्षणको पालो कुर्दै लाइनमा छिन्।&nbs