प्रतिकित्ता १ हजारभन्दा तल आयो नबिल बैंकको शेयरमूल्य, एक वर्ष यताकै न्युन विन्दुमा

चैत २०, काठमाडौं । नबिल बैंकको शेयरमूल्य एक वर्ष यताकै न्युन विन्दुमा झरेको छ । साताको पहिलो कारोबार दिन आइतवार कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. ९९७ मा झरेको हो । यो शेयरमूल्य अघिल्लो कारोबार दिनको तुलनामा ५ रुपैयाँले कमि आएको हो । सन् २०२१ अप्रिल ४ मा कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू.१ हजार ३१६ मा थियो । यस बीचमा कम्पनीको उच्च मूल्य प्रतिकित्ता रू. १ हजार ६५३ सम्म पुगेको थियो । प्रतिकित्ता १ हजार ६०० रुपैयाँको वरिपरिमा शेयर खरीद गरेका लगानीकर्ताले भने बोनस शेयर आउँदा पनि आफ्नो लगानी नउठेको बताएका छन् । तर कतिपय लगानीकर्ताहरु भने दिर्घकालका लागि यो शेयरमा लगानी गर्दा मुनाफा आर्जन हुने बताउँछन् । त्यसो त गत साताको बुधवार कम्पनीको ४ करोड ६५ लाखभन्दा बढी बोनस शेयर थपिएको छ । यसले बजारमा कम्पनीको शेयर सप्लाई बढी भएको देखाएको छ ।    आकर्षक लाभांश वितरण गरेर आफ्ना शेयरधनीहरूलाई मख्ख पार्ने कम्पनीहरूको सूचीमा यो कम्पनी पर्दछ ।कम्पनीले लगानीकर्ताहरूलाई आकर्षक प्रतिफल दिंदै आइरहेको छ ।  कम्पनीले नेपाल बंगलादेश (एनबी) बैंकलाई प्राप्ति  गर्नका लागि गत पुस २९ गते सैद्धान्तिक सहमति गरिसकेको छ ।  नबिल बैंकको चुक्तापूँजी करीब १८ अर्ब ५० करोड र एनबी बैंकको करीब १० अर्ब ९ करोड रुपैयाँ रहेको छ । 

सम्बन्धित सामग्री

नबिल बैंक र अलोइबीच डिजिटल ग्रीन फाइनान्सिङका लागि सम्झौता

काठमाडौँ – नबिल बैंक लिमिटेडले ग्रीन फाइनान्सिङलाई डिजिटलाइज गर्न अलोइ प्राइभेट लिमिटेडसँग समझदारी पत्रमा हस्ताक्षर गरेको छ। यस साझेदारीको साथ नबिल बैंकले अलोइको डिजिटल लोन र रिपेमेन्ट ट्र्याकिङ प्रणालीलाई प्रयोग गरी विद्युतीय व्यावसायिक सवारी साधनहरूलाई डिजिटल ऋण दिने सेवाहरूको प्रभावकारी रूपमा अन्वेषण, मूल्याङ्कन र सहकार्य गर्नेछ। नबिल बैंक लिमिटेडका वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत सुजित […]

डिजिटल ग्रीन फाइनान्सिङका लागि नबिल बैंक र एलोइबीच सहकार्य

नबिल बैंक लिमिटेडले ग्रीन फाइनान्सिङलाई डिजिटलाइज गर्न एलोइ प्राइभेट लिमिटेडसँग समझदारी पत्रमा हस्ताक्षर गरेको छ । यस साझेदारीको साथ नबिल बैंकले एलोइको डिजिटल लोन र रिपेमेन्ट ट्र्याकिङ प्रणालीलाई प्रयोग गरी विद्युतीय व्यावसायिक सवारी साधनहरूलाई डिजिटल ऋण दिने सेवाहरूको प्रभावकारी रूपमा अन्वेषण, मूल्याङ्कन र सहकार्य गर्नेछ । नबिल बैंक लिमिटेडका वरिष्ठ नायव प्रमुख...

नबिल बैंक र अलोइबीच डिजिटल ग्रीन फाइनान्सिङसम्बन्धी सम्झौता

काठमाडौं । नबिल बैंक लिमिटेडले ग्रीन फाइनान्सिङलाई डिजिटलाइज गर्न अलोइ प्राइभेट लिमिटेडसँग समझदारी पत्रमा हस्ताक्षर गरेको छ । सम्झौतासँगै नबिल बैंकले अलोइको डिजिटल लोन र रिपेमेन्ट ट्र्याकिङ प्रणालीलाई प्रयोग गरी विद्युतीय व्यावसायिक सवारी साधनहरूलाई डिजिटल ऋण दिने सेवाहरूको प्रभावकारी रूपमा अन्वेषण, मूल्याङ्कन र सहकार्य गर्ने बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । नबिल बैंक लिमिटेडका […]

नबिल बैंक र म्याक्स हेल्थकेयर इन्डियाबीच सम्झौता

काठमाडाैँ- नबिल बैंक र म्याक्स हेल्थकेयर इन्डियाबीच सम्झौता भएको छ। नबिल बैंकको डेबिट, क्रेडिट तथा प्रिपेड कार्ड होल्डरले उक्त हेल्थकेयरमा उपचार गराउँदा १२ प्रतिशत छुट पाउने गरी सम्झौता भएको हो। नबिलका ग्राहकले ओपिडी र आइपीडी सेवा लिँदा यो सुविधा पाउने भएका हुन् । नबिल बैंकका सीईओ ज्ञानेन्द्र ढुगांना र म्याक्स हेल्थ केयरका तर्फबाट अनस अब्दुल […]

नबिल बैंक दुई अवार्डद्वारा सम्मानित

काठमाडौँ, ७ असोज । नबिल बैंक ‘ग्लोबल एसएमई फाइनान्स अवार्ड २०२२’ मा दुई अवार्डद्वारा सम्मानित भएको छ । यही असोज ४ गते ९२० सेप्टेम्बर० मा कम्बोडियामा सम्पन्न ग्लोवल एसएमई फाइनान्स अवार्डमा नबिल बैंकले ‘एसएमई फाइनान्सीयर अफ दि इयर, एसिया’ र ‘प्रोडक्ट इनोभेसन अफ दि इयर २०२२’ जस्ता दुई सम्मानित अवार्ड प्राप्त गर्न सफल भएको हो […]

नबिल बैंक र नेपाल बंगलादेशबीच एकीकृत कारोबार सुरू

काठमाडौँ- नबिल बैंक र नेपाल बंगलादेश बैंक मर्जर भएको छ। दुई बैंकबीच भएको प्राप्तिको सम्पूर्ण कार्य सम्पन्न भई सोमबारदेखि एकीकृत कारोबार सुरू भएको हो। सोमबार एक कार्यक्रमकाबीच दुई बैंक मर्जर भएको बताएका हुन्। मर्जरपछि नबिल बैंक लिमिटेड नामबाट एकीकृत रूपमा वित्तीय कारोबार सञ्चालन हुने भएको छ। ‘क’ वर्गको इजाजत प्राप्त नबिल बैंकले नेपाल राष्ट्र बैंकको […]

नबिल बैंक र नेपाल बंगलादेश बैंकको एकीकृत कारोबार २७ असारदेखि

२३ असार, काठमाडौं । नबिल बैंक र नेपाल बंगलादेश बैंकको एकीकृत कारोबार असार २७ गतेदेखि सुरु हुने भएको छ । एकीकृत कारोबार ‘नबिल बैंक लिमिटेड’ नामबाट हुने छ । राष्ट्र बैंकको अनुमतिबाट नबिल बैंक लिमिटेडले नेपाल बंगलादेश बैंक लिमिटेडलाई प्राप्ति (एक्विजिशन) गरेको छ । अब नेपाल बंगलादेश बैंकको सम्पूर्ण सम्पत्ति तथा दायित्व नबिल बैंकले प्राप्त […]

नबिल बैंक युएसडीएमा सूचीकरण

नबिल बैंक युएस डिपार्टमेन्ट अफ एग्रिकल्चर (युएसडीए) द्वारा संचालित एक्सपोर्ट क्रेडिट ग्यारेन्टी कार्यक्रम जीएसएम १०२ अन्तर्गत सूचीकरण भएको छ ।  जसअनुसार बैंकले युएसडीएसँग सम्झौता गरिसकेको छ । नबिल बैंक युएसडीए कार्यालयबाट गरिएको उच्चस्तरीय मूल्याङ्कनपछि यस कार्यक्रम अन्तर्गत सूचीकृत हुने नेपालको पहिलो र एकमात्र बैंक बनेको छ । यो व्यवस्थासँगै नबिल बैंकले युएसडीएबाट निर्यात क्रेडिट ग्यारेन्टी सीमाको सुविधा प्रयोग गर्न सक्ने बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । युएसडीए कार्यक्रम अन्तर

नबिल स्मार्टपोस सञ्चालनका लागि नबिल बैंक, दराज र आइमार्कबीच सम्झौता

काठमाडौं । नबिल बैंक, दराज र आइमार्कबीच नबिल स्मार्टपोस सञ्चालनका लागि त्रिपक्षीय सम्झौता भएको छ । आधुनिक प्रविधिमा आधारित नबिल स्मार्टपोसले जुनसुकै बेला, जुनसुकै ठाउँबाट भुक्तानी दिन एवं स्वीकार गर्न सकिने बैंकले जनाएको छ । नबिल स्मार्टपोसमार्फत बैंकले डिजिटल भुक्तानी सार्थक गर्ने सन्दर्भमा एउटा ठूलो कदम अगाडि बढाएको बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । […]

नबिल बैंक सम्मानित

काठमाडौं, १८ कात्तिक । नबिल बैंक विशिष्ट सम्मानबाट सम्मानित भएको छ । बैंक ‘ग्लोबल एसएमई फाइनान्स अवार्ड–२०२१’ मा  “SME Financier of the Year – Asia” अन्तर्गत विशिष्ट सम्मानबाट सम्मानित भएको हो । नबिल बैंक विश्व बैंकको सदस्य अन्तर्राष्ट्रिय वित्त संस्था (आईएफसी) र एसएमई फाइनान्स फोरमद्वारा आयोजित र वित्तीय समावेसीकरणको लागि न्द्दण् को ग्लोबल साझेदारी (जीपीएफआई)द्वारा अनुमोदित, […]