काठमाडौँ, २२ वैशाख: कोभिड–१९ विरुद्ध लड्न युवावर्गले समाजमा जनचेतना फैल्याउनुपर्नेमा जोड दिइएको छ । प्रगतिवादी युवा समाजले जुम प्रविधिबाट आयोजना गरेको ‘कोरोना सङ्कटमा नागरिकको भूमिका’ विषयक अन्तरक्रिया कार्यक्रममा शरीरमा रोग प्रतिरोधी क्षमता बढाउने औषधिको चेतना फैलाउन र औषधि एवं अन्य खाद्य सामग्रीको कालोबजारी विरुद्ध युवाको नेतृत्वमा नागरिक अभियान शुरु गरिनुपर्नेमा जोड दिइएको हो । कार्यक्रममा […]