पूर्वअर्थमन्त्री डा. रामशरण महतले उदार अर्थनीतिप्रति सहमति भई सुुशासन कायम राख्दै कार्यान्वयन क्षमता वृद्धि गर्न सकेमा मुलुकले उच्च अङ्कको आर्थिक वृद्धि हासिल गर्नसक्ने बताउनुुभएको छ ।
धितोपत्र बोर्डका पूर्वअध्यक्ष डा. रेवतबहादुर कार्कीद्वारा लिखित ‘नेपालको अर्थतन्त्रका आयामहरू’ नामक पुुस्तकको शुुक्रबार राजधानीमा विमोचन गर्दै उहाँले यस्तो बताउनुुभएको हो । उदार अर्थ नीतिले दिगो आर्थिक विकासलाई सहयोग पुु-याउने उहाँको भनाइ छ । पूर्वअर्थमन्त्री महतले नेपालमा प्रजातन्त्रको पुुनस्र्थापनापछि २०४८ सालमा निर्वाचित नेपाली काँग्रेसको सरकारले अवलम्बन गरेको उदार आर्थिक र उदारीकरणको नीतिका सकारात्मक असरले नेपालको अर्थतन्त्र चलिरहेको स्पष्ट पार्नुभयो ।