नेकपा माओवादी केन्द्रले संविधान तथा कानुनका आधारमा सुकुम्वासी, भूमिहीन, गरिव किसान र अव्यवस्थित बसोबासीको समस्या समाधान गर्न अविलम्ब उच्चस्तरीय आयोग गठन गर्न सरकारसमक्ष अनुरोध गरेको छ । शुक्रबार बसेको माओवादी केन्द्रको स्थायी समिति बैठकले उच्चस्तरीय आयोग गठन गर्न सरकारसमक्ष माग गरेको नेता नारायणकाजी श्रेष्ठले जानकारी दिए । त्यस्तै गठबन्धनको कार्यदलले तयार पारेको साझा न्युनतम कार्यक्रम गठबन्धनलाई तत्काल सार्वजनिक गर्न पनि माग गरेको हो ।माओवादी केन्द्रले लुम्बिनी प्रदेश सभा सदस्य विमला ओलीलाई