काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को एकता महाधिवेशनबाट निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरूको शपथ ग्रहण तथा प्रमाणपत्र वितरण कार्यक्रममा निवर्तमान अध्यक्ष कमल थापा अनुपस्थित भएका छन्।
उनी अध्यक्षमा पदमा राजेन्द्र लिङ्देनसँग पराजितभ भएका थिए । थापाले सामाजिक सञ्जालबाट लिङ्देनको जित स्वीकार गरेर बधाई दिइसकेका छन् ।
तर, आफू पूर्व राजा ज्ञानेन्द्र शाहको हस्तक्षेपका कारण पराजित भएको आरोप...