डा. गाेविन्द केसीकाे स्वास्थ्य जटिल बन्दै, सुविधा सम्पन्न अस्पतालमा लैजान सुझाव

काठमाण्डाै – चिकित्सा शिक्षा क्षेत्र सुधारको माग गर्दै अनशनरत डाक्टर गोविन्द केसीको स्वास्थ्य अवस्था जटिल बन्दै गएको छ । स्वास्थ्य र चिकित्सा क्षेत्र सुधारसँग सम्बन्धित सात बुँदे माग गर्दै धनगढीमा अनशन बसिरहेका डा. केसीको स्वास्थ्य अवस्था जटिल बन्दै गएको सेती प्रादेशिक अस्पताल धनगढीले जनाएको छ ।   अस्पतालका अनुसार उहाँमा टाउको दुख्ने, रिँगटा लाग्ने, श्वास फेर्न गाह्रो हुने, पेट दुख्ने, शरीरका मांसपेशी सुक्नेजस्ता समस्या देखिएका छन् । उहाँमा अल्सर हुने सम्भावना बढ्दै गएको अस्पतालले जनाएको छ ।   गएकाे आठ दिनदेख...