७०० वर्ष पुरानो ‘कुमारी’ प्रथा सुधारकी प्रतीक

६ वर्षीय देवी चार दिनसम्म रोएपछि मानिस केही अनिष्ट हुने हो कि भनेर डराउन थालेका थिए । जनश्रुति अनुसार कुमारीको आँसुले राष्ट्रिय विपत्तिको पूर्व संकेत गर्छ भन्ने विश्वास गरिन्छ । नभन्दै उनी रोएको अन्तिम दिन २०५८ जेठ १९ मा तत्कालीन युवराज दीपेन्द्रले आफ्ना आमाबुबा राजा वीरेन्द्र र रानी ऐश्वर्यासहित शाही परिवारका नौ सदस्यलाई गोली हानेर हत्या गरिदिए ।२० वर्षपछि राजधानी काठमाडौंबाट केही परको पुरानो सहर पाटनमा उनै कुमारी देवी भेटिइन् । कुनै समय देवीको रुपमा पूजिने चनिरा बज्राचार्य अहिले आफू काम गर्ने