नेकपा प्रचण्ड माधव समूहका सर्लाही इन्चार्ज वाग्लेको दुर्घटनामा मृत्यु

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड माधव समूह सर्लाहीका इन्चार्ज एवं केन्द्रीय सदस्य डाचाराज वाग्लेको मोटरसाइकल दुर्घटनामा मृत्यु भएको छ । वाग्लेको वुधवार राती सर्लाकीको मूर्तिया जङ्गलमा भएको दुर्घटनामा मृत्यु भएको नेकपा सर्लाहीका अध्यक्ष रेवती पन्तले जानकारी दिनुभयो । हरिपुर नगरपालिका–१, हजारविगाह निवासी वाग्ले नेकपा प्रचण्ड–नेपाल समूहले वुधवार साँझ बरहथवामा आयोजना गरेको राँके जुलुसमा सहभागी भएर ज. १० प ३२०६ नम्वरको मोटरसाइकलमा फर्किने क्रममा मूतिर्या जङ्गलस्थित सोल्टीमोडमा दुर्घटनामा पर्नु भएको हो ।