साथीलाई खुकुरी हानेर भागेका व्यक्तिले प्रहरीलाई आक्रमण गरे, टाउकोमा लगाइयो पाँच टाँका

काठमाण्डाै – काठमाण्डौमा आफ्नै साथीलाई खुकरी हान्ने एकजनालाई प्रहरीले पक्राउ गरेको छ । तार्केश्वर नगरपालीका वडा नम्बर ८ शेषमती लामबजार नजिक सामान्य विषयमा विवाद हुँदा दोलखाका सुवास तामाङलाई खुकुरी हान्ने रामेछाप लिखुका शनि तामाङलाई प्रहरीले पक्राउ गरेको हो ।साथीलाई खुकुरी हानेर भागेका शनि तामाङलाई पक्राउ गर्न खोज्दा उनले प्रहरी प्रभाग धर्मस्थलीका प्रहरी नायब निरीक्षक पदम अवस्थीलाई समेत आक्रमण गरेका थिए । घाइते भएका प्रहरी नायब निरीक्षक अवस्थी र खुकुरी हान्ने तामाङ दुबैको वीर अस्पतालमा उपचार...