नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य तथा अर्थमन्त्री जनार्दन शर्मा प्रभाकरले कम्युनिष्ट आन्दोलनमा वैचारिक खडेरी परेको धारणा व्यक्त गरेका छन्। माक्र्सवादी ज्ञान केन्द्रले बागमती र लुम्बिनी प्रदेशको लागि सुरु गरेको आधारभूत भर्चुअल कक्षा शुभारम्भको अवसरमा बोल्दै नेता प्रभाकरले वैचारिक आदर्शमा स्खलन आएको बताएका हुन्। मन्त्री प्रभाकरले माक्सवादी वैचारिक ज्ञानको धरातल कमजोर हुँदा कम्युनिष्ट आन्दोलन नै विघटन हुने खतरा पैदा भएको टिप्पणी गरे । मूल नेतृत्वमा मार्क्सवादी वैचारिक आदर्श कमजोर हुन