नेपालका प्रमुख श्रम गन्तव्य कतार र साउदी अरबले ती देश जाने श्रमिकका लागि चार प्रकारका खोपका विकल्प दिएर प्रवेशमा सहजीकरण गरेका छन् । कतारले आइतबार सूचना जारी गदै फाइजर, मोडेर्ना, कोभिसिल्ड र जोन्सन एन्ड जोन्सनको खोपको मात्रा लगाएकोे १४ दिन पूरा भएका र खोप लगाएको प्रमाणपत्र प्राप्त गरेका यात्रुले कतारमा क्वारेन्टाइन बस्नु नपर्ने जनाएको छ ।
दोहास्थित नेपाली दूतावासका द्वितीय सचिव प्रविण भट्टराईले कतार आउने नेपालीले खोप लगाएको प्रमाणपत्रमा राहदानीमा भएको नामसँग मिल्ने गरी लेखिएको खोप प्राप्त गर्ने व्यक्तिको नाम, खोप लगाइएको मिति,...