एनसेल सेयर खरिदबिक्री प्रकरणको छानबिन सुरु

दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलको विदेशमा भएको सेयर खरिदबिक्री प्रकरणको छानबिन गर्नका लागि सरकारले गठन गरेको समितिले काम थालेको छ । समितिका संयोजक टंकमणि शर्मा दंगालले आइतबार समितिले काम सुरु गरेको सूचना दिएका छन् ।

सम्बन्धित सामग्री

‘एनसेल सेयर बिक्रीमा गडबड’

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेल आजिएटा लिमिटेडको सेयर खरिदबिक्री पहिलो दृष्टिमै गडबड भएको दाबी गर्नुभएको छ । प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिमा उहाँले खरिद प्रक्रिया अपारदर्शी र अप्राकृतिक भएको पनि बताउनुभयो । उहाँले छानबिन समितिको प्रतिवेदनले ठहरे अनुसार कानुनी कारबाही हुने पनि प्रतिबद्धता व्यक्त गर्नुभयो ।

एनसेल छानबिन समितिले ३० दिनभित्रै प्रतिवेदन बुझाउने

काठमाडौं । २०८६ सालमा स्वतः रूपमा नेपाल सरकारको मातहतमा आउने २ खर्बको सम्पत्ति रहेको एनसेल आजियटाको ८० प्रतिशत सेयर ६ अर्बमा बेचिएपछि दबाबमा परेको सरकारले गठन गरेको समितिले छानबिन थालेको छ । एनसेलको सेयर खरिदबिक्री सम्बन्धमा पूर्वमहालेखा परीक्षक टंकमणि शर्मा दंगालको संयोजकत्वमा गठित समितिले छानबिन थालेको हो । एनसेल कर्मचारी युनियन नयाँ सेयर होल्डरलाई स्वागत […] The post एनसेल छानबिन समितिले ३० दिनभित्रै प्रतिवेदन बुझाउने appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....