आयो चाड दसैँ, ‘दशा’ बनी सधैँ भित्रिन्छ यो लोकमा
मान्छे मस्त हराउँदै छ मदमा, हामी महाशोकमा
खुँडा हातमहाँ भिरेर कसरी हाँस्छौ, तिमी नाच्द छौ
आफ्नै काल कुरेर त्रास–भयले हामी यहाँ बाँच्द छौँ ।
स्वेच्छाले किन चल्न मुस्किल सधैँ बस्छौ रुँदै जेलमै
हाम्रै गर्दन मात्र हुन्छ किन हो तिम्रो कुनै खेलझैँ
तिम्ले धार लगाउँदा मुटु यहाँ काँपेर...